लेटेस्ट न्युज
advertisement1

बालुवाटार बैठकमै मागियो शिक्षा मन्त्रीको राजीनामा

Maryada News 2021-06-30 17:14:22
बालुवाटार बैठकमै मागियो शिक्षा मन्त्रीको राजीनामा

काठमाडौं : नेकपा (एमाले)को बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागिएको छ । आज बालुवाटारमा बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा रूपा सुनार प्रकरणमा नैतिकताको प्रश्न उठेको भन्दै उनको राजीनामा मागिएको हो ।

साबिक महाधिवेशन आयोजक कमिटी सदस्य एवं पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले उनको राजीनामा मागेका थिए । उक्त प्रकरणलाई लिएर व्यापक विरोध भएको भन्दै मन्त्री श्रेष्ठको राजीनामा मागिएको एक नेताले जानकारी दिए ।

रुपा सुनारलाई दलित भएको भन्दै कोठा दिन अस्वीकार गरेको आरोपमा पक्राउ परेकी घरधनी सरस्वती प्रधानलाई यही असार ९ गते मन्त्री श्रेष्ठको रोहबरमा छाडिएको थियो । पक्राउ परेकी घरधनीलाई छुटाउन मन्त्री श्रेष्ठ आफैँ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्