लेटेस्ट न्युज
advertisement1

रहस्यमयी दासढुंगा घटनाकाे यथार्थ पत्ता लगाउन नेता नेपालकाे आग्रह

Maryada News 2021-05-17 09:42:36
रहस्यमयी दासढुंगा घटनाकाे यथार्थ पत्ता लगाउन नेता नेपालकाे आग्रह

काठमाडाैंः मदन-आश्रित स्मृति दिवसकाे अवसरमा नेकपा एमालेका नेता माधवकुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै नेता नेपालले रहस्यमय जीप दुर्घटनाकाे २८ वर्ष बितिसक्दा पनि यथार्थ पत्ता नलागेकाे बताएका हुन्।

विज्ञप्तिमा भनिएकाे छ- ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन। घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ। त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु।’

साेभियत संघ विघटनपछि अलमलमा रहेकाे कम्युनिष्ट आन्दाेलनलाई जनताकाे बहुदलिय जनवाद प्रतिपादन गरेर जननेता मदन भण्डारीले नयाँ उचाइ, नयाँ आशा र नयाँ विश्वास दिएकाे भन्दै नेता नेपालले उनकाे याेगदानकाे चर्चा पनि गरेका छन्।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते पाेखराबाट नारायणगढ जाने क्रममा चितवनको दासढुंगामा जीप दुर्घटना भएकाे थियाे। दुर्घटनामा चालक अमर लामा मात्रै बाँच्न सफल भएका थिए। पछि उनकाे पनि गाेली हानी हत्या गरिएकाे थियाे। 

नेकपा एमालेले साे दुर्घटना नभइ नियाेजित हत्या भएकाे बताउँदै आएकाे छ भने हरेक वर्ष स्मृति दिवसकाे दिन हत्यारा छिटै पत्ता लाग्ने आश्वासन पनि बाँड्दै आएकाे छ। यद्यपि एमाले कयाैं पटक सरकारमा सहभागी हुँदा र नेतृत्व गर्दा पनि र दुर्घटनामा ज्यान गुमाएका तत्कालिन महासचिव भण्डारीकी श्रीमती नै देशकाे राष्ट्रपति हुँदा पनि हत्यारालाई पक्राउ गर्न सककेकाे भन्दै पार्टी र उनकाे आलाेचना हुने गरेकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्