लेटेस्ट न्युज
advertisement1

मुख्यमन्त्री शाक्यले आइतबार (आज) विश्वासको मत लिने

Maryada News 2021-10-10 12:46:05
मुख्यमन्त्री शाक्यले आइतबार (आज) विश्वासको मत लिने

काठमाडौँ : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदबाट विश्वासको मत लिने भएकी छन् । गत भदौ २ गते मुख्यमन्त्री नियुक्त शाक्यले नेकपा एमाले विभाजनका कारण अल्पमतमा परेपछि आइतबार (आज) विश्वासको मत लिने भएकी हुन् । 

मुख्यमन्त्री शाक्यका तर्फबाट विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको छ । गत शुक्रबार मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले विश्वास मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयका सचिव कृष्णहरि खड्का मार्फत दर्ता गराएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्तावको प्रक्रिया अगाडि बढाउनेबारेमा कार्य व्यवस्था परामर्श समितिले निर्णय गर्ने सचिव खड्काले बताए । उनका अनुसार आइतबार ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रिया टुङ्ग्याउने छ ।

कार्य व्यवस्थाको निर्णय अनुसार मुख्यमन्त्री आइतबार ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव अघि बढाउने उनले बताए । संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्