काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा सरकारका काम र पार्टीको आन्तरिक छलफल हुने नेता गणेश साहले जानकारी दिए ।
माओवादी केन्द्रका अर्का एक नेताले भने सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे छलफल हुने बताए । यसअघि आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो ।
गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझै पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।
प्रतिक्रिया