काठमाडौं : नेकपा एमालेको बागमति प्रदेश इन्चार्जमा रामबहादुर थापा बादल मनोनित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको निर्णयले पूर्व माओवादीका बादल समूहका २२ नेताहरुलाई केन्द्रीय समितिमा समेत मनोनित गरेको छ ।
यस्तै आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने पनि निर्णय गरेको छ । भने पार्टीमा माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी सम्पूर्ण रुपमा खोसिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने निर्णय भएको छ ।
यी हुन् बादल समूहबाट थपिएका एमालेका केन्द्रीय सदस्य
१. रामबहादुर थापा
२. टोपबहादुर रायमाझी
३. लेखराज भट्ट
४. मणिचन्द थापा
५. प्रभु साह
६. टंक आङबुहाङ
७. पासाङ शेर्पा
८. ज्वाला साह
९. टेकबहादुर बलामी
१०. कमल जंग
११. मनोज थापा
१२. विषमलाल अधिकारी
१३. लिलाबहादुर थापा
१४. दधिराम न्यौपाने
१५. दिनेश पन्थी
१६. नवीन रोका
१७. धर्मराज रेग्मी
१८. डम्बर विष्ट
१९. गौरीशंकर थारु
२०. झपट बोहरा
२१. दावा लामा
२२. चन्द्रबहादुर खड्का
प्रतिक्रिया