धनुषा : प्रदेश नं २ का नवनियुक्त प्रमुख राजेश झालाई जनकपुर विमानस्थलमै एक किलोको माला लगाएर स्वागत गरिएको छ । आइतबार अपरान्ह जनकपुर पुगेका प्रमुख झालाई एक सय एक किलोको माला लगाएर स्वागत गरिएको हो ।
ओली समूहको राष्ट्रिय युवा संघका उपाध्यक्ष सञ्जीब झासहितको टोलीले प्रदेश प्रमुख झालाई १ सय १ किलोको माला लगाएर स्वागत गरेका हुन् । प्रमुख झा एयरपोर्टबाट सिधै राम जानकारी मन्दिरमा दर्शनका लागि गएका छन् ।
प्रतिक्रिया