लेटेस्ट न्युज
advertisement1

मुख्यमन्त्री भट्टलाई विश्वासकाे मत दिने एमाले संसदीय दलकाे निर्णय

Maryada News 2021-06-08 11:29:13
मुख्यमन्त्री भट्टलाई विश्वासकाे मत दिने एमाले संसदीय दलकाे निर्णय

कैलालीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टलाई एमाले संसदीय दलले विश्वासकाे मत दिने निर्णय गरेकाे छ। मङ्गलबार बिहान बसेकाे एमाले संसदीय दलकाे बैठकले मुख्यमन्त्री भट्टले प्रदेश सभामा पेश गर्ने विश्वासकाे मतसम्बन्धी प्रस्तावकाे पक्षमा मतदान गर्ने निर्णय गरेकाे हाे।

सुदूरपश्चिम प्रदेश सभामा ५२ जना सदस्य रहेका छन्। तीमध्ये विश्वासकाे मत प्राप्त गर्न २७ जना सदस्यकाे मत आवश्यक हुन्छ। तर मुख्यमन्त्री भट्टकाे दल माओवादी केन्द्रसँग १३ जना सदस्यमात्र रहेका छन्। 

एमालेले आफ्नाे खेमा प्रष्ट नपार्दा मुख्यमन्त्री संकटमा परेका थिए। यद्यपि आज एमालेले विश्वासकाे मतमा मतदान गर्ने बताए लगत्तै प्रदेश सभाको सबैभन्दा ठुलो दल एमालेका २५ सांसदकाे मत पाउने भएका छन्। त्यसाे हुँदा मुख्यमन्त्री भट्टमाथिकाे संकट टर्नेछ।

सुदूरपश्चिम प्रदेश सभामा खनाल–नेपाल समूहको बहुमत छ। ओली समूहका सांसदहरू खुलेरै भट्टकाे विराेधमा उत्रिएका भए पनि आजकाे संसदीय दलकाे ह्वीपपछि उनीहरूले पनि विश्वासकाे मतकाे पक्षमा मतदान गर्ने भएका छन्। त्यसाे नगरेर फ्लाेर क्रस गरे पनि खनाल-नेपाल समूहका सांसदहरूकाे मतबाट पनि मुख्यमन्त्री भट्टकाे पद जाेगिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्