लेटेस्ट न्युज
advertisement1

आगामी निर्वाचनका लागि ७ अर्ब ७२ करोड खर्च गर्न सहमति

Maryada News 2021-07-02 20:54:54
आगामी निर्वाचनका लागि ७ अर्ब ७२ करोड खर्च गर्न सहमति

काठमाडौं : अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई  ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामग्री खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ। 

२०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्