काठमाडौं : विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको ५६ वर्षको उमेरमा निधन भएको छ । एक साताअघि अस्पताल भर्ना भएका महर्जनको सोमबार मेडिसिटी अस्पतालमा कोभिडका कारण निधन भएको हो ।
उहाँको पार्थिव शरिरलाई मंगलबार (आज) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष समेत रहेका महर्जनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।
समाजसेवा र राजनीति दुबैमा क्रियाशिल रहेका महर्जन नेपालका एक उदयमान व्यवसायीका रुपमा परिचित थिए ।
प्रतिक्रिया