लेटेस्ट न्युज
advertisement1

आईपीएलको हाई स्कोरिङ खेलमा मुम्बईमाथि बेंगलुरुको रोमाञ्चक जीत

Maryada News 2025-04-08 09:00:07
आईपीएलको हाई स्कोरिङ खेलमा मुम्बईमाथि बेंगलुरुको रोमाञ्चक जीत

एजेन्सी, भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरुले तेस्रो जीत निकालेको छ ।

सोमबार मुम्बई इन्डियन्सलाई १२ रनले हराउँदै बेंगलुरुले तेस्रो जीत निकालेको हो ।

बेंगलुरुले दिएको २२२ रनको बलियो लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २०९ रन मात्र बनायो ।

तिलक वर्माले २९ बलमा ५६ तथा कप्तान हार्दिक पान्ड्याले १५ बलमा ४२ रनको आक्रामक पारी खेल्दै शानदार साझेदारी बनाएपनि पर्याप्त हुन सकेन ।

१२औं ओभरमा ९९-४ को अवस्थामा रहेको मुम्बईका लागि तिलक र हार्दिक मिलेर पाँचौं विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए ।

अन्तिम २ ओभरमा २८ रन आवश्यक रहँदा हार्दिक क्याचआउट भए भने त्यसपछि अन्तिम ओभरमा २० रन आवश्यक रहँदा बलिङमा आएका क्रुनालले त्यस ओभरमा ३ विकेट लिँदै जीत पक्का गरे ।

बेंगलुरुका लागि क्रुनालले ४ ओभरमा ४५ रन दिएर ४ विकेट लिए । जोश हेजलवूड र यश दयालले २-२ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले २० ओभरमा ५ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

विराट कोहलीले ६७ तथा कप्तान रजत पाटिदारले ६४ रन बनाएका थिए ।

आक्रामक ब्याटिङ गर्दै १९ बलमा ४० रन बनाएका जितेश शर्मा नटआउट रहे । देवदत पडिक्कलले ३७ रन बनाए ।

मुम्बईका कप्तान हार्दिक पान्ड्या र ट्रेन्ट बोल्टले २-२ विकेट लिँदा विग्नेश पुथुरले १ विकेट लिए ।

यस जितसँगै ४ खेलमा ६ अंक जोडेको बेंगलुरु अंकतालिकामा तेस्रो स्थानमा रहेको छ भने ५ खेलमा २ अंक मात्र रहेको मुम्बई आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्