अन्तराष्ट्रिय तेक्वाण्डो पदकधारी प्रेमकुमार दर्नालले फेरि अन्तराष्ट्रिय स्वर्ण पदक हात पारेका छन।
हालै सम्पन्न ११ औं कोरियन राजदुत खुला अन्तराष्ट्रिय तेक्वाण्डो च्याम्पियन्स प्रतियोगितामा प्रेमले पेयर पुम्से ३० वर्ष माथिको स्पर्धामा स्वर्ण पदक जितेका हुन।
यस अघि उनले माउण्ट एभरेष्ट अन्तराष्ट्रिय तेक्वाण्डो प्रतियोगितामा स्वर्ण पदक, थाइल्याण्डमा आयोजित प्रथम तिरक अन्तराष्ट्रिय तेक्वाण्डो प्रतियोगितामा स्वर्ण पदक, भारतमा भएको अन्तराष्ट्रिय तेक्वाण्डो प्रतियोगितामा स्वर्ण पदक, फिलिपिन्समा भएको डिजी एशीयन अन्तराष्ट्रिय तेक्वाण्डो प्रतियोगितामा स्वर्ण पदक लगायत ९ वटा स्वर्ण पदक जितीसकेका छन।
तेक्वाण्डोका राष्ट्रिय रेफ्रि रहेका प्रेमकुमार दर्नाल लोकप्रीय मात्रै होईनन इमानदार खेलाडीको रुपमा पनि सम्मानित छन।
लामो समयदेखि तेक्वान्दो खेलमा आवद्धभई देशविदेशमा समेत ख्याती कमाएका दर्नालले तेक्वान्दो खेल मार्फत नेपाल र नेपालीको गौरब बढाएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले नगद एक लाख रुपैयाँसहित राष्ट्रिय खेलकुद प्रतिभा सम्मान २०८० बाट सम्मान गरेको हो।

प्रतिक्रिया