लेटेस्ट न्युज
advertisement1

चार देशीय टि-२० सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै

Maryada News 2025-04-13 08:27:07
चार देशीय टि-२० सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै

काठमाण्डू, चार देशीय टि(२० सिरिजको उपाधि भिडन्तमा आज नेपालले कुवेतसँग खेल्दैछ ।

खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा विहान सवा ११ बजे हुनेछ।

शनिबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो ।

नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि घरेलु टोलीले पहिले ब्याटिङको अवसर पाएको थियो ।

हङकङले ‌९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको हो ।

हङकङका अंशुमान रथ १७, जिशान अली ३० र निजाकत खान ३ रनमा आउट भएका थिए ।

बाबर हयात र कल्हन चालुले समान १/१ रन बनाएको अवस्थामा वर्षा भएको थियो। तर, रंगशाला क्षेत्रमा वर्षा नरोकिएपछि दुवै टोलीले एक/एक अंक बाँडेका हुन् ।

नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो । कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो।

हङकङ र कतारले तेस्रो स्थानका लागि आजै खेल्दैछन् । जारी प्रतियोगितामा नेपाल अपराजित एक मात्रै टोली हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्