एजेन्सीः जारी युराे कप फुटबलमा गएराति भएकाे अन्तिम १६ काे खेलमा बेल्जियम र चेक रिपब्लिक विजयी भएका छन्। बेल्जियमले पाेर्चुगललाई १-० गाेलअन्तरले हराएकाे हाे भने चेक रिपब्लिकले नेदरल्याण्डसलाई २-० गाेलअन्तरले हराएकाे हाे।
याेसँगै साविक विजेता पाेर्चुगलकाे युराे कप यात्रा यहीँ टुंगिएकाे छ। युराे कपकाे यस संस्करणलाई स्टार खेलाडी क्रिस्टियानाे राेनाल्डाेकाे अन्तिम युराे कप हुन सक्ने पनि बताइएकाे छ।
बेल्जियमका लागि थोर्गन हाजार्डले निर्णायक गोल गरेका थिए। उनले खेलको ४२ औं मिनेटमा थोमस मुनिएरको पासमा उत्कृष्ट गोल गरेका थिए।
यता पोर्चुगलले फ्रिकिकसहित पाएकाे अन्य अवसरलाई पटक पटक गाेलमा परिणत गर्न खाेजे पनि बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए। अब हुने क्वार्टरफाइनल खेलमा बेल्जिम र इटाली भिड्नेछन्।
यस्तै चेक रिपब्लिककाे जितमा टोमस होल्स र प्याट्रिक शिकले एक एक गोल गरेका थिए। खेलको ६८ औं मिनेटमा टोमसले र ८० औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेक रिपब्लिकलाई २-० को जित दिलाएका हुन्।
चेक रिपब्लिकले अब हुने क्वार्टरफाइनलमा डेनमार्कसँग भिड्नेछ।
प्रतिक्रिया