लेटेस्ट न्युज
advertisement1

जुडो च्याम्पियनसिपमा भाग लिन नेपाली टोली किर्गिस्तान प्रस्थान 

Maryada News 2021-04-01 18:41:31
जुडो च्याम्पियनसिपमा भाग लिन नेपाली टोली  किर्गिस्तान प्रस्थान 

काठमाडौं : एसिया ओसेनिया जुडो च्याम्पियनसिपमा भाग लिन  ४ खेलाडीसहित ८ सदस्यीय नेपाली जुडो टोली किर्गिस्तान गएको छ । उनीहरु जुडो युनियन अफ एसियाको कंग्रेसमा पनि पदाधिकारी सहभागी हुनेछन् । 

प्रतियोगिता टोकियो ओलम्पिकका लागि वरियताको प्रतियोगिता भएकाले जुडो खेलबाट अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको छात्रवृत्तिमा परेका खेलाडी इन्द्र बहादुर श्रेष्ठ र नेपालबाट ओलम्पिक वरियतामा सबैभन्दा धेरै अंक रहेकी सोनिया भट्ट र गत वर्ष नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्णधारी देविका खड्का र पुनम श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन् । 

पदाधिकारीमा नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष ब्रजाचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, स्पोर्ट्स निर्देशक सुप्रसिद्ध श्रेष्ठ र प्रशिक्षकमा ऋषिराम प्रधान रहेका छन् । त्यसअघि २ अप्रिलदेखि जुडो युनियन अफ एसियाको कंग्रेस हुदैछ । उक्त कंग्रेसका लागि यसअघि नै संघका अध्यक्ष किर्गिस्तान प्रस्थान गरिसकेका छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्