सुनसरीको तरहरामा बहुप्रतिक्षित फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ।
इटहरी उपमहानगरपालिका(२० स्थित तरहरामा हुने दुईदिने प्रतियोगितामा सुनसरी, मोरङ, झापा, काठमाडौं लगायत जिल्लाका २६ टिम सहभागी छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक मर्निङ फुटसल क्लब, तरहराको तर्फबाट खेल संयोजक सन्तोष श्रेष्ठले खेलको माध्यमबाट स्थानीय ठाउँको प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताए।
प्रतियोगिताको विजेता टिमले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सन्तोष श्रेष्ठले जानकारी दिए । यसैगरी दोस्रो हुने टिमले ५० हजार, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले पाँच हजार रुपैयाँ नगद सहित मेडल प्राप्त गर्नेछन् ।
स्वास्थ्यप्रति सचेतना अपनाउँदै स्थानीय युवाहरूलाई कुलतमुक्त बनाउनका निम्ति पनि प्रतियोगिताले भूमिका खेल्ने आयोजक कमिटीका अध्यक्ष चन्द्रकाजी गुरुङले बताए ।
सुनसरीको ईटहरी उपमहानगरपालिका तरहरामा जारी फुटसल कोशी प्रदेशकै ठुलो प्रतियोगिता हो।
प्रतिक्रिया
nGPobNEmhfgesH
2024-08-30 00:03:01RLsrzGVX
nGPobNEmhfgesH
2024-08-30 00:03:06RLsrzGVX