लेटेस्ट न्युज
advertisement1

विराट काेहली बने दशककै सर्वाेत्कृष्ट खेलाडी

Maryada News 2021-04-15 17:57:31
विराट काेहली बने दशककै सर्वाेत्कृष्ट खेलाडी

एजेन्सीः भारत‍ीय क्रिकेट टाेलीका कप्तान विराट काेहली दशककै सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन्। उनले २०१० काे दशककाे लागि विजडन अलमानेक्स ओडिआई क्रिकेटरकाे उपाधि पाएका छन्। 

याे उपाधि पाउने उनी तेस्राे भारतीय क्रिकेट खेलाडी हुन्। यसअघि कपिल देवले सन् १९८० काे दशककाे लागि याे उपाधि पाएका थिए भने सचिन तेन्डुलकरले सन् १९९० काे दशककाे लागि उपाधि पाएका थिए। विराट काेहली (२०१०-२०१९)काे सर्वाेत्कृष्ट खेलाडी चुनिएका हुन्। हरेक दश वर्षमा घाेषणा हुने यस उपाधि एक दशकमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिने गरिएकाे छ।

विराट काेहलीले यस दशकमा ६० काे औसतमा ११ हजारभन्दा बढी रन बनाएका छन् भने ४२ वटा शतक प्रहार गरेका छन्। यसबीचमा विराट सन् २०११ काे विश्वकप विजेता टाेलीकाे सदस्य रहे भने सन् २०१३ काे च्याम्पियन्स ट्रफि विजेता टाेलीकाे पनि सदस्य रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्