लेटेस्ट न्युज
advertisement1

काेराेना संक्रमित सचिन तेन्दुलकर अस्पताल भर्ना

Maryada News 2021-04-02 13:10:02
काेराेना संक्रमित सचिन तेन्दुलकर अस्पताल भर्ना

एजेन्सीः भारतीय दिग्गज क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन्। गत शनिबार काेराेना भाइरस संक्रमण पुष्टि भएका तेन्दुलकर हाेम क्वारेन्टीनमा बस्दै आए पनि आज उनी अस्पताल भर्ना भएका हुन्। 

आफ्नाे ट्वीटरमार्फत उनले आफू अस्पताल भर्ना भएकाे जानकारी गराएका हुन्। सचिनकाे परिवार स्राेतका अनुसार उनी दुई दिन अस्पतालमा चिकित्सककाे निगरानीमा बस्ने छन्। अस्पतालले उनकाे अवस्था सामान्य रहकाे बताएकाे छ। 

४७ वर्षीय सचिनलाई गत साता राेड सेफ्टी प्रतियाेगिता खेले पश्चात संक्रमण भएकाे पाइएकाे हाे। साे प्रतियाेगिता खेल्ने अन्य खेलाडीलाई पनि संक्रमण भएकाे पाइएकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्