विराटनगरः प्रदेश नं १ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ यही चैत २६ देखि शुरु हुने भएकाे छ।
स्थानीय शहीद रङ्गशालामा आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने विराट गोल्डकपमा फ्लडलाइट (रात्रिकालित बत्ती)का माध्यमबाट पनि खेल हुने बताइएकाे छ।
छैटौँ संस्करणकाे गोल्डकपमा नेपालका ‘ए’ डिभिजन क्लबसहित अफ्रिकी मुलुक क्यामरुन र भारतका टोली सहभागी हुनेछन्।प्रतियोगितामा भारतको पञ्जाव पुलिस, झारखण्डको टाटा एकेडेमी, क्यामरुनको अफ्रिकन रुट्स एशोसिएशन टोली पहिलोपटक सहभागी हुँदैछन् भने नेपालका मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरी, नेपाल पुसिल क्लब, सङ्कटा क्लब, राष्ट्रिय लिग विजेता टोली मच्छिन्द्र क्लब, गोर्खा ब्याइज, रुपन्देही र आयोजक विराटनगर–११ रहने ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले बताए।
गोल्डकप विजेता टोलीले रू १५ लाख १५ हजार र उपविजेता टोलीले रू सात लाख ५१ हजार नगद र आकर्षक शिल्ड प्राप्त गर्नेछन्। पाँचौँ संस्करण विजेताले रू १३ लाख पुरस्कार पाएको थियो भने उपविजेताले रू सात लाख प्राप्त गरेको थियो।
प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई रू १५ हजार नगद प्रदान गरिने बताइएकाे छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ।
खेलहरू साँझ ७ः०० बजेदेखि शुरू हुने तथा यसको टिकटदर रू दुई, तीन र चार सय रहेको छ।
प्रतिक्रिया