एजेन्सी, इन्डियन प्रिमियर लिग (आइपीएल) को १८औं संस्करण आजदेखि सुरु हुदैंछ ।
कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा पहिलो उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु (आरसीबी) बीच हुदैंछ ।
यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैंछ । यस सिजनमा १० फ्रेन्चाइजीले खेल्दै छन् ।
यस वर्ष, ६५ दिनमा १३ वटा स्थानमा १० टोलीहरू बीच कुल ७४ खेलहरू खेलाइनेछ, जसमा ७० लिग राउन्ड र चार प्लेअफ खेलहरू समावेश छन् ।
फाइनलसहित सबै प्लेअफ खेलहरू मे २० देखि २५ सम्म हैदराबाद र कोलकातामा खेलाइनेछ ।
प्रतिक्रिया