लेटेस्ट न्युज
advertisement1

१० बुँदे सहमति रचनात्मक ढंगले कार्यान्वयन हुन्छ: ईश्वर पोखरेल 

Maryada News 2021-09-16 16:50:06
१० बुँदे सहमति रचनात्मक ढंगले कार्यान्वयन हुन्छ: ईश्वर पोखरेल 

काठमाडौं: नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिलेको नेकपा एमाले २०७५ जेठ २ गतेको मात्रै नभएको बताएका छन् । बिहीबार काठमाडौं जिल्ला कमिटीको भेलामा उनले १० बुँदे सहमति रचनात्मक ढंगले कार्यान्वयन गर्ने बताए ।

“१० बुँदे सहमति सुझावको रुपमा आयो । पार्टी केन्द्रले यही स्प्रिटका साथ स्वीकार गरिएको हो । त्यहाँ उल्लेखित सुझावलाई  सिर्जनात्मक र रचनात्मक ढंगले लागु गर्ने हाम्रो प्रतिबद्धता हो र त्यो प्रतिबद्धताबाट पार्टी नेतृत्व पछि हट्दैन्,” उनले भने, “ आजको एमाले जेठ २ गतेको एमालेमात्रै होइन ।विकसित र एकता प्रक्रियासहितको एमाले हो भनेर बुझ्नुपर्छ ।

यान्त्रिक ढंगले २०७५ जेठ २ गते मात्रै भनियो भने साँचो अर्थमा विकसित भएको एमालेलाई बुझ्न सकिँदैन ।” महासचिव पोखरेलले जेठ २ को बुझाइमा एक रुपता हुनुपर्ने बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्