लेटेस्ट न्युज
advertisement1

स्थानीयले ढुंगामुढा गरेपछि अर्थमन्त्री र उद्योगमन्त्रीकोे भागाभाग

Maryada News 2021-03-05 18:59:08
स्थानीयले ढुंगामुढा गरेपछि अर्थमन्त्री र उद्योगमन्त्रीकोे भागाभाग

काठमाडौं : औद्योगिक क्षेत्रको शिलान्यास गर्न रुपन्देहीको मोतीपुर  पुगेका अर्थमन्त्री विष्णु पौडलमाथि भाषण गर्दागर्दै स्थानीयले नाराबाजी र ढुंगामुढा गरेका छन् ।  शुक्रबार कडा सुरक्षाका बीच सुरु भएको कार्यक्रममा औद्योगिक क्षेत्रको शिलान्यास गरेपनि भाषण गर्दागर्दै स्थानीयले ढुंगामुढा गरेपछि अर्थमन्त्री पौडल २ मिनेटमै मञ्च छोडेर भागेका हुन् ।

अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि ओली समूहका कार्यकर्ताले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए । उक्त कार्यक्रममा सहभागी हुन उद्योगमन्त्री लेखराज भट्ट पनि पुगेका थिए । तर प्रहरीले दुबैतर्फबाट भएको ढुंगामुढा रोकेको थियो ।

प्रहरीले तीनजना स्थानीयलाई कुटपिट गरेर घाइते बनाएको र दुईजनालाई नियन्त्रणमा लिएको स्थानीयको आरोप छ । दुई पक्षबीच ढुंगा हानाहान र लखेटालखेट हुन थालेपछि अर्थमन्त्री पौडेलले २ मिनेटमै आफ्नो मन्तव्य टुंग्याएर हिँडेका थिए ।

त्यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले छोटो मन्तव्य राखेका थिए । आक्रोशित स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी जानकारी बोर्ड भत्काइदिएका छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्