लेटेस्ट न्युज
advertisement1

डा.भट्टराईको स्वास्थ्य परीक्षण सकियो, भोलि स्वदेश फर्कदै

Maryada News 2021-03-01 12:27:03
डा.भट्टराईको स्वास्थ्य परीक्षण सकियो, भोलि स्वदेश फर्कदै

काठमाण्डाैं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ। भारतको नयाँ दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा गरिएको बायोप्सी, डीओटीए एनओसी परीक्षण, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पीईटी सीटी स्क्यानसहितका परीक्षणबाट ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको हो।

भट्टराईको सचिवालयले सोमबार एक विज्ञप्ती जारी गर्दै देखिएको ट्युमरलाई भने दुई÷तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएको उल्लेख गरेको छ। भट्टराई भोलि नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने छन्। 

यसैबीच, डा. भट्टराईले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो स्वास्थ्य परीक्षण सकिएको जानकारी दिएका छन्। उनले आफ्नो स्वास्थ्यवारे चासो÷शुभेच्छा व्यक्त गर्नुहुने सबैलाई र विशेषतः डाक्टरहरू भारतका बिक्रम भाटिया, टी के चटर्जी र नेपालका निरज जोशी, सुवोध अधिकारी, बुलन्द थापा, लोचन कार्की, अजित खनाललाई धन्यवाद दिएका छन्।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्