लेटेस्ट न्युज
advertisement1

प्रधानमन्त्री ओलीका पक्षमा विश्वासको मत दिन ह्विप जारी    

Maryada News 2021-05-09 20:19:01
प्रधानमन्त्री ओलीका पक्षमा विश्वासको मत दिन ह्विप जारी    

काठमाडौं : नेकपा (एमाले) संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीेलाई विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् ।

संसदीय दलको बैठकपछि मुख्य सचेतक भट्टराईले सोमबार अपराह्न १ बजे प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थिति भई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै सांसदलाई ह्विप जारी गरेका हुन् ।

संसदीय दलका नेताको निर्देशनानुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८ र एमाले संघीय संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम सो ह्विप जारी गरिएको हो । प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्।     


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्