लेटेस्ट न्युज
advertisement1

राजावादी समूहले तोडफोड र आगजनी गरे जडीबुटी कम्पनीमा

Maryada News 2025-03-28 18:12:50
राजावादी समूहले तोडफोड र आगजनी गरे जडीबुटी कम्पनीमा

काठमाण्डू, काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको छ ।

राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएका छन् ।

कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवका अनुसार ‘साढे २ बजेतिर भित्र काम गरिरहेको समयमा अचानक बाहिरबाट ढुंगामुढा सुरु भएको थियो ।

स्टोरमा प्राय गरी प्रज्जवनशील पदार्थहरू रहेकाले त्यहाँ आगो लाग्यो भने ठूलो विस्फोट हुने डा. यादवले बताइन् ।

विस्फोट भएमा जुडीबुटी क्षेत्रमै ठूलो क्षति हुने उनको भनाइ छ ।

अफिसमा अगाडि सिसैसिसा छ । कसरी ज्यान जोगाएर बस्ने भन्ने भएर भित्र कोठामा बसेका थियौँ । बाहिर राखिएका गाडीमा आगजनी गर्न सुरु गरे ।’

मुख्य भवनमा पनि आगो लगाउने डरले पछाडि पट्टी स्टोरबाट बाहिर भागेको डा. यादवले जानकारी दिइन्।

आगजनी हुन थालेपछि प्रहरी, वन कार्यालय लगायत पहुँच भएका सबै ठाउँमा सहयोग माग्दा पनि आगो निभाउन पहल नभएको गुनासो डा. यादवको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्