लेटेस्ट न्युज
advertisement1

तीनकुने घटनामा संलग्न जोसुकैलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली

Maryada News 2025-03-31 14:16:48
तीनकुने घटनामा संलग्न जोसुकैलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले उक्त दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको बताए ।

‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन्,’ प्रधानमन्त्री ओलीले भने, यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्, कडा प्रशासनिक कारबाही हुन्छ ।’

उनले सोही दिन समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्