काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीको यथाशीघ्र उद्धार गर्न सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरूलाई यथाशीघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई रुलिङ गरेका हुन् ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद् गोकुलरेका हुन् । उनले दुनियाँभर मादल बज्दा पनि सरकारले केही थाहा नपाएको आरोप लगाए । सार्क राष्ट्रको अध्यक्ष भएको सरकारले सार्क राष्ट्रमा भइरहेको त्यस्तो गतिविधिको पत्तो नपाएको बताउँदै संकटमा परेका नेपालीहरूलाई उद्धार गर्न माग गरे ।
त्यसअघि बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्धार गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया