लेटेस्ट न्युज
advertisement1

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकोअनुमति

Maryada News 2024-11-24 16:57:47
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकोअनुमति

रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा छानविन गर्न थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान गरिरहेको छ।

यसअघि लामिछानेमाथि अनुसन्धान गर्न कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो। आइतबार पाँचौंपटक म्याद थपका लागि लामिछानेलाई अदालत उपस्थित गराइएको थियो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्