काठमाडाैंः नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहकाे स्थायी कमिटी बैठक चलिरहेकाे छ। शुक्रबार बिहान ११ बजेदेखि जारी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीको विषयमा छलफल भइरहेकाे बताइएकाे छ।
कलंकीमा जारी बैठकमा माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई कारबाही गरेपछिको अवस्था तथा आगामी रणनीतिबारे छलफल जारी रहेकाे बताइएकाे छ। पार्टी पुनर्गठन गर्ने अभियानमा लागेकाे झलनाथ-माधव समूहले आजकाे बैठक पश्चात थप ठाेस कार्यक्रम घाेषणा गर्ने साे समूहका नेताहरूकाे भनाइँ छ।
बैठकमा झलनाथ खनाल, माधव नेपाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायतका नेताहरूकाे सहभागीता रहेकाे छ।
एमालेले गत चैत १६ मा माधव नेपाल र भीम रावललाई निलम्बन गरेकाे थियाे भने १९ गते घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाकाे लागि निलम्बन गरेकाे थियाे।
प्रतिक्रिया