लेटेस्ट न्युज
advertisement1

मन्त्रिपरिषद् विस्तारः जसपाका आठ थपिए, एमालेबाट चार जनाबाहेक सबै 'आउट'

Maryada News 2021-06-04 21:57:29
मन्त्रिपरिषद् विस्तारः जसपाका आठ थपिए, एमालेबाट चार जनाबाहेक सबै 'आउट'

काठमाडाैंः केपी शर्मा ओली नेतृत्वकाे सरकारकाे मन्त्रिपरिषद् विस्तार भएकाे छ। शुक्रबार साँझ जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई समेट्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

नयाँ गठीत मन्त्रिपरिषद्मा जसपाकाे नेतृत्व गर्दै अध्यक्ष राजेन्द्र महताेसहितकाे टाेली सरकारमा सहभागी भएकाे छ। राजेन्द्र महताेलाई उपप्रधान तथा शहरी विकास मन्त्रीमा नियुक्त गरिएकाे छ। उर्जा मन्त्रीमा शरत सिंह भण्डारीलाई नियुक्त गरिएकाे छ। खानेपानी मन्त्रीमा अनिल झा र श्रम तथा राेजगार मन्त्रीमा बिमल श्रीवास्तवलाई नियुक्त गरिएकाे छ।

त्यस्तै युवा तथा खेलकुद मन्त्रीमा उमाशंकर अरगरियालाई नियुक्त गरिएकाे छ। पार्टीका वरिष्ठ नेता लक्ष्मण लाल कर्णलाई भूमिसुधार मन्त्रीमा नियुक्त गरिएकाे छ। महिला तथा बालबालिका विकास मन्त्रीमा चन्दा चाैधरी र एकबाल मियाँलाई वन मन्त्रीमा नियुक्त गरिएकाे छ।

त्यस्तै मन्त्रिपरिषद्मा दुई जना राज्यमन्त्रीलाई पनि नियुक्त गरिएकाे छ। उर्जा राज्यमन्त्रीमा चन्द्रकान्त चाैधरी र महिला तथा बालबालिका विकास राज्यमन्त्रीमा रेणुका गुरुङलाई नियुक्त गरिएकाे छ।

यता प्रधानमन्त्रीकै दल नेकपा एमालेका भने चार जना मन्त्री बाहेक सबैलाई हटाइएकाे छ। उपप्रधानमन्त्री इश्वर पाेखरेलसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, वनमन्त्री प्रेम आले र सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ सरकारबाट बिदा भएका छन्। 

एमालेका अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङमात्र सरकारमा बस्न पाएका छन्।

यस्तै मन्त्रिपरिषद्मा शेरबहादुर तामाङ र रघुवीर महासेठकाे पुनःआगमन भएकाे छ। तामाङ स्वास्थ्यमन्त्री तथा महासेठ परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्