काठमाडौंः नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएकाे पुनरावेदन निवेदनबारे अदालतले आज बिहीबार निस्सा दिने अथवा नदिने निर्णय गर्ने भएकाे छ। सर्वाेच्चले आज निस्सा दिएकाे खण्डमा मुद्दा अघि बढ्छ भने नदिएकाे खण्डमा निवेदन खारेज हुनेछ।
गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा विघटन गर्दै नेकपा एमाले र माओवादी केन्द्र व्युँत्याइदिएकाे थियाे।
साेही फैसलाकाेविरुद्धमा प्रचण्डले गत मङ्गलबार सर्वाेच्चमा पुनरावेदन निवेदन पेश गरेका थिए।
प्रतिक्रिया