लेटेस्ट न्युज
advertisement1

परमादेश दिने सबै न्यायाधीश हटाउनुपर्छ भन्नु गैरजिम्मेवार हो : देउवाको जवाफ

Maryada News 2021-10-27 19:34:47
परमादेश दिने सबै न्यायाधीश हटाउनुपर्छ भन्नु गैरजिम्मेवार हो : देउवाको जवाफ

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताएका छन् । बुधबार नेपाल तरुण दलले गरेको कार्यक्रममा प्रतिनिधिसभा पुनर्स्थापनाको आदेश दिने सबै न्यायाधीशको राजीनामा दिनुपर्छ भन्ने अभिव्यक्ति नै गैरजिम्मेवार भएको बताएका हुन् ।

सोहि कार्यक्रममा देउवाले संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको भन्दै त्यसको विरोध नगर्न एमाले अध्यक्ष ओलीलाई सचेत गराएका छन् । मंगलबार एमाले अध्यक्ष ओलीले परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका थिए ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले अदालतसँग जोडिएका अरु सवालमा सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढने बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्