लेटेस्ट न्युज
advertisement1

प्रधानमन्त्रीकाे शपथविरुद्धका रिटकाे सुनुवाइ प्रधानन्यायाधीशकाे एकल इजलासमा

Maryada News 2021-05-18 12:01:26
प्रधानमन्त्रीकाे शपथविरुद्धका रिटकाे सुनुवाइ प्रधानन्यायाधीशकाे एकल इजलासमा

काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीको विवादीत शपथविरुद्ध परेकाे रिट प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा आफैंले हेर्ने भएका छन्। गत शुक्रबार प्रधानमन्त्रीले लिएकाे शपथ बदर गरी पुनः शपथ गराउन माग गर्दै परेकाे रिटमाथिकाे सुनुवाइ प्रधानन्यायाधीश राणाले आफ्नै एकल इजलासमा गराउने भएका हुन्। 

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा प्रधानमन्त्रीले शपथ ग्रहणमा 'प्रतिज्ञा गर्दछु' भन्ने शब्द नभनेकाे र 'त्याे पर्दैन' भन्ने हलुका अभिव्यक्ति दिएकाले साे विषय संविधानकाे वर्खिलाप भएकाे भन्दै शपथ बदर गराउन रिट दायर गरेका थिए। शपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक मानिन्छ। 

प्रधानमन्त्रीकाे शपथविरुद्ध अन्य ६ वटा रिट परेकाे छ। यी सबैकाे सुनुवाइ प्रधानन्यायाधीश आफैंले गर्ने भएका हुन्।

याेसहित सांसद पदमा नरहेका (पार्टीले निलम्बन गरेका) हरूलाई पुनः नियुक्ति दिइनु समेत संविधान विपरित रहेकाे भन्दै अर्काे रिट समेत परेकाे छ। यसकाे सुनुवाइ पनि राणा स्वयंले गर्ने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्