काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बैठक आज २ बजे दिउसो पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्न लागेको बैठकमा सरकारमा सहभागिता, संसदीय दलको नेता चयन लगाएतका विषयमा छलफल हुने जनाइएको छ । निर्वाचन आयोगबाट पार्टी आधिकारिकता पाएपछि जसपाको यो पहिलो बैठक हो ।
त्यस्तै, बैठकमा ठाकुर-महतो पक्ष भने सहभागी नहुने भएको छ ।
प्रतिक्रिया