बैंक तथा वित्तीय संस्थाहरुबाट नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैया तान्ने भएको छ।
बैंकले निक्षेप संकलन उपकरणमार्फत आइतबार उक्त रकम तान्न लागेको हो।
बैंकले २ बजे निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाइन बोलबोलमा सहभागी हुन भनेको छ।इच्छुकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल रकम आह्वान गर्न सक्नेछन्।
बैंकले उक्त निक्षेप मंसिर २३ गते फिर्ता गर्ने जनाएको छ।
प्रतिक्रिया