काठमाडाैंः बजेट अध्यादेश सिफारिस गर्नका लागि मन्त्रिपरिषद् बैठक बाेलाइएकाे छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
शुक्रबारै सम्पूर्ण तयारी सकेर आज बिहान मन्त्रिपरिषद्मा बजेट अध्यादेश पेश गर्न लागिएकाे हाे। प्रतिनिधि सभा विघटन भएकाले मन्त्रिपरिषद्मा पेश भएकाे अध्यादेश बजेट ल्याउन राष्ट्रपति समक्ष पेश गरिनेछ। राष्ट्रपतिले स्विकृति प्रदान गरेसँगै अर्थमन्त्रीले बजेट सार्वजनिक गर्नेछन्।
अध्यादेशमार्फत् ल्याइएकाे बजेट भए पनि पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी छ।
यस वर्षको बजेट काेराेना नियन्त्रणमा केन्द्रित हुने बताइएकाे छ। बजेट १६ खर्ब आसपासकाे हुनेछ।
प्रतिक्रिया