लेटेस्ट न्युज
advertisement1

तीन करोड लिएर ठेकेदार फरार, आठ वर्षदेखि पुल अलपत्र

Maryada News 2025-03-31 10:27:33
तीन करोड लिएर ठेकेदार फरार, आठ वर्षदेखि पुल अलपत्र

मुस्ताङ, मुस्ताङको थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन मोटरेबल पुल निर्माण कम्पनीका ठेकेदार तीन करोड भन्दा बढी रकम लिएर फरार हुँदा आठ वर्षदेखि पुल अलपत्र परेको छ ।

२०७३ सालदेखि सुरु भएको सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरे बल पुल दशक बित्दा समेत अलपत्र हुँदा स्थानीयवासीले सास्ती खेप्न बाध्य छन् ।

वि।स। २०७३ भदौ २२ गते तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबिच सम्झौता भएको थियो ।

निर्माण कम्पनी रकम लिएर आनन्दले काठमाडौँमा बसेको र नियामक निकायले ठेकेदारको पक्षमा उभिएर कुनै कडाइ नगर्दा स्थानीयले सास्ती भोग्नु परेको रमेश ल्वागनले बताए ।

थासाङ गाउँपालिका–५,छोयो, देउराली, कुञ्जो, ताकलुङ, प्रस्याङ, टिटीका करिब १ सय ५० घरधुरीका ७ सय जनसङ्ख्या लाभान्वित हुने पुल नबन्दा अधुरो पुललाई हेर्दै स्थानीयवासीले नजिकै रहेको झोलुङगे पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय ल्वागनको भनाई छ ।

पुल बनाउन छाडेर रकम लिएर अनेक बहाना बनाउने गरेको छ यसले गर्दा स्थानीय उत्पादनलाई बजारीकरणमा समेत समस्या भएको उनको भनाइ छ ।

पुल नबन्दा स्थानीयलाई आवतजावतसँगै पर्यटकीय स्थल टिटी तालमा आउने पर्यटकलाई समेत सास्ती भएको छ भने नियमित उत्पादन हुने आलु, किवी, बेमौसमी तरकारीका साथै अन्य कृषि उपजको सहज बजारीकरणमा समस्या भइरहेको टाक्लुङ आधारभूत विद्यालयका शिक्षक राम परियारले बताए ।

ठेकेदारले उल्टै पुल निर्माणको क्रममा खाद्यान्नका साथै स्थानीयको ट्याक्टरको प्रयोग, मजदूरी गरेकाले समेत भुक्तानी नदिएको शिक्षक परियारले भने ।

अलपत्र पुलका बारेमा पटक पटक ठेकेदारसँग कुरा गरे पनि काम सुरु नगरेकाले अब निर्णायक आन्दोलनको विकल्प नभएको सांसद योगेश गौचनले बताए ।

ठेकेदारलाई तत्काल कालोसूचीमा राखेर जरिवानाबाट असुलउपर गरी पुनः ठेक्काको प्रक्रियामा जाने उनको भनाइ छ ।

पुलको लागत १४ करोड १९ लाख ६५ हजार ८८१ रहेको छ यी मध्ये निर्माण कम्पनीले २४ प्रतिशतभन्दा बढी रकम लिएको सांसद गौचनले बताए ।

पूर्वाधार कार्यालय मुस्ताङका सूचना अधिकारी घनश्याम रोका मगरले भने ताकेता गर्दे आएको बताए ।

तर, यस कार्यालयले आठ वर्षसम्म कुनै प्रगति नभएको र ठेकेदारसँग कुनै कडाइ गर्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्