काठमाडौं: नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छलफलमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायतका नेताहरु छन् ।
प्रदेश २ का ८ सहित १३ जिल्लाको क्रियाशील सदस्यता टुंग्याउन बाँकी छ । डडेल्धुरामा देखिएको विवादबारे पनि नेताहरुबीच छलफल हुने एक नेताले जानकारी दिए ।
प्रतिक्रिया