लेटेस्ट न्युज
advertisement1

प्रतिनिधि सभा विघटनकाे मुद्दामा आज संवैधानिक इजलास बस्दै

Maryada News 2021-06-06 10:17:24
प्रतिनिधि सभा विघटनकाे मुद्दामा आज संवैधानिक इजलास बस्दै

काठमाडाैंः प्रतिनिधि सभा विघटनबारेकाे मुद्दामा आज आइतबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएकाे छ। गत १८ गते प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले वरिष्ठताका आधारमा न्यायाधीश ताेकेर आइतबार सुनुवाइ गरिने प्रतिबद्धता जनाएका थिए।

यसअघि संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीशमाथि कानुन व्यवसायीहरूले निष्पक्ष नभएकाे आराेप लगाएपछि संवैधानिक इजलास प्रभावित हुँदै आएकाे थियाे। नेकपा विभाजनसम्बन्धी विवादास्पद फैसला दिने न्यायाधीश बमकुमार श्रेष्ठ र नेकपा विभाजनपछी पुनरावलाेकनकाे माग अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसीमाथि कानुन व्यवसायीले निष्पक्ष नभएकाे आराेप लगाउँदै आएका छन्।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच जना वरिष्ठ न्यायाधीशकाे उपस्थिति रहेकाे हुन्छ। तीमध्ये वरिष्ठ न्यायाधीशहरू दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले इजलासमा नबस्ने बताएपछि प्रधानन्यायाधीश जबराले आइतबार बस्ने भन्दै इजलास स्थगित गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्