काठमाडौंः नेकपा एमालेले चैत १ मा केन्द्रीय कमिटी बैठक सञ्चालन गर्ने भएको छ। सर्वाेच्चको फागुन २३ को फैसला पश्चात व्युँतिएको नेकपा एमाले आफ्नो केन्द्रीय कमिटी बैठक सञ्चालन गर्ने तयारीमा रहेको थियो।
आगामी केन्द्रीय कमिटी बैठक चैत १ मा बस्ने भनिए पनि समय र स्थान भने तोकिएको छैन। एमाले केन्द्रीय कमिटीको बैठकमा पेश हुने एजेण्डा पनि तय भइसकेको छैन।
धुम्बाराहीस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा गत फागुन २५ मा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको थियो।
प्रतिक्रिया