काठमाडौं : नेपाली कांग्रेसले पार्टीको संसदीय दलको बैठक भोलिका लागि बोलाएको छ।
यही फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो। बैठक भोलि दिउँसो १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
त्यसअघि आज पदाधिकारी बैठक बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो।पदाधिकारी बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ।
सभापति देउवाले हिजो प्रधानमन्त्री बन्न तयार रहेका बताएका थिए भने वरिष्ठ नेता रामचन्द्र पौडेल तत्काल सरकारमा जान नहुने अडानमा रहेका छन्।
सरकारले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले उल्टाइदिएपछि यही फागुन २३ गते अपराह्न ४ बजेका लागि संसद वैठक आह्वान गरिएको छ।
प्रतिक्रिया