लेटेस्ट न्युज
advertisement1

पार्टी औपचारिक रुपमै नफुटेसम्म अविश्वासको प्रस्ताव टेवल गर्न दिन्नौँः प्रमुख सचेतक 

Maryada News 2021-02-21 12:20:54
पार्टी औपचारिक रुपमै नफुटेसम्म अविश्वासको प्रस्ताव टेवल गर्न दिन्नौँः प्रमुख सचेतक 

काठमाडौं- नेकपाको ओली समूहका प्रदेश नम्बर एक प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पार्टी औपचारिक रुपमै नफुटेसम्म अविश्वासको प्रस्ताव टेवल गर्न नदिने चेतावनी दिएका छन्। 

नेकपाकै प्रचण्ड-माधव समूहले प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबल गर्ने तयारी गरिरहेका बेला उनले यस्तो बताएका हुन्।

जारी सातौ हिउँदे अधिवेशनको तेस्रो बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। आजको बैठकमा संसद् सचिवालयले अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि ओली समूहले बैठक अवरुद्ध गर्ने बताएको हाे।

‘बैठक सञ्चालन गर्ने भए पार्टी औपचारिकरुपमै दुई वटा हुनु पर्याे, होइन भने कारवाहीमा परेका १६ जनालाई संसदमा प्रवेश गर्न दिन भएन,’ उनले भनेका छन्, ‘अहिले पनि हाम्रो संसदीय दलको नेता मुख्यमन्त्री शेरधन राई हो, उहाँविरुद्ध अविश्वासको प्रस्ताव टेवल गर्न खोजिए हामी बैठक अवरुद्ध गर्छाैं।’

ओली पक्षले यसअिघि मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्ड–माधव समूहका १६ जना सांसदहरुलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्