काठमाडाैंः महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन्। पूर्व कानुन मन्त्रीसमेत रहेका खरेलले राजीनामा दिएका हुन्।
राजीनामाबारे केही समयपछि पत्रकार सम्मेलनमार्फत आधिकारीक जानकारी दिइने बताइएकाे छ।
यसअघि प्रतिनिधि सभा विघटन मुद्दा सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीबाटै खरेलकाे भूमिका प्रभावकारी नभएकाे भन्दै राजीनामा दिन दबाब दिइएकाे बताइएकाे छ।
खरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २०७४ साल फागुनमा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्।
प्रतिक्रिया