लेटेस्ट न्युज
advertisement1

संसद विघटनपछि पहिलो पटक गृह जिल्ला जाँदै : प्रधानमन्त्री ओली

Maryada News 2021-02-22 08:34:57
संसद विघटनपछि पहिलो पटक गृह जिल्ला जाँदै : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटनपश्चात् पहिलो पटक गृह जिल्ला झापा जाने भएका छन्।

आफ्नो निर्वाचन क्षेत्रका विभिन्न योजनाहरूको शिलान्यास र उद्घाटन गर्न प्रधानमन्त्री ओली यही फागुन १६ गते झापा जाने कार्यक्रम तय भएको बताइएको छ।

प्रधानमन्त्री ओली जाने पक्का भएपछि झापा क्षेत्र नम्बर ५ मा हुने कार्यक्रमको तयारी थालिएको छ। 

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको दमक, कमल, गौरादहमा निर्माण हुन लागेको चाइना नेपाल फ्रेण्डसिप इण्डट्रियल पार्क (औद्योगिक पार्क) को शिलान्यास, दमक नगरपालिका १ बाट चुलाचुली जोड्ने रतुवा खोलाको पुल उद्घाटन, मदन भण्डारी लोक मार्ग अन्तरगत सुनसरीको चतारादेखि झापाको बाहुनडाँगीसम्मका खोलाहरूमा निर्माण हुने अन्दाजी तीन दर्जन पुलको दमकस्थित बेलडाँगी रतुवा खोलाबाट संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। 

त्यस्तै दमक १० स्थित नलवारी जोड्ने मावा खोलाको पुल र सेतुमारीस्थित रतुवा खोलामा निर्माण भएको गौरादहको बालुवथान जोडने पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका निजी सचिवालयका सदस्य होमबहादुर थापाले जानकारी दिएका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्