नुवाकाेट- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पनि संविधान मिचेकाे बताएका छन्। शुक्रबार नुवाकाेटमा आयाेजित पार्टी कार्यालय भवन उद्घाटनकाे अवसरमा सभापति देउवाले नेपालमा सबैले संविधान मिचेकाे बताउँदै आफूले पनि मिचेकाे बताएका हुन्।
उनले भने- ‘यो संविधान मैले पनि मिचेको छु भन्छन्, ओलीले पनि मिचेको छ भन्छन्, सबैले मिचेका छन्, नेपालमा (संविधान) नमिच्ने कोही छैनन्।’
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको आरोप कांग्रेसभित्रै पनि सुनिइरहेकाे बेला देउवाले भने नेपालमा संविधान नमिच्ने कोही नभएको बताएका हुन्।
यस्तै प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा उभिएका नेताहरु अझै पनि पुष्पकमल दाहालविरूद्धमा बाेल्न नसक्ने बताएका छन्। उनी भन्छन्- ‘आज बल्ल साथीहरु ओलीको खिलापमा बोल्न सक्ने भएछन्, प्रचण्डको खिलापमा बोल्न डराउँछन् अझै यहाँ।’
देउवाले थप भने- ‘प्रचण्डको नाम नै लिन सक्दैनन् विचराहरु !’
प्रतिक्रिया