काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । अदालतले देउवालाई समर्थन गरेका सांसदलाई कारवाही नगर्न आदेश दिएकाले अदालतको परमादेश आकर्षित नहुने भाषा मिलाएर स्पष्टीकरण पठाएको छ ।
स्पष्टीकरणमा पार्टी अनुशासन उल्लंघन गरेको र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने ? भनी प्रश्न समेत सोधिएको छ । २४ घण्टे स्पष्टीकरणमा शेरवहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख गरिएको छैन ।
प्रतिक्रिया