काठमाडाैंः नेकपा एमालेले पार्टीका अन्य दुई नेतालाई पनि निलम्बन गरेकाे छ। माधव नेपाल समूहका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पार्टीले ६ महिनाको लागि निलम्बन गरेको हाे।
यसअघि एमालेले पार्टी विधान विपरित काम गरेकाे भन्दै नेताद्वय पाण्डे र भुषाललाई स्पष्टिकरण मागेकाे थियाे। आज बिहीबार स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै एमालेले दुई नेतालाई कारबाही स्वरुप ६ महिनाका लागि निलम्बन गरेकाे हाे।
नेताद्वयलाई पहिलाे पटक चैत ८ गते नै स्पष्टिकरण माग गरिए पनि जवाफ नदिएका कारण पुनः दाेश्राे पटक गत चैत १६ मा पार्टीले स्पष्टिकरण माग गरेकाे थियाे। गत चैत १७ मा भने भुसाल र पाण्डेले स्पष्टिकरण पेश गरेका थिए।
भुलत्रुटिकाे स्विकाराेक्ति नगरेकाे, आत्मसमिक्षा नगरेकाे, अहंकार आत्मकेन्द्रीत र स्वार्थी प्रवृत्ति प्रष्ट देखिएकाे भन्दै पार्टीले कारबाही स्वरुप ६ महिना निलम्बन गरेकाे हाे। यस्तै पार्टीले भुषाललाई निलम्बन गरेकाे पत्रमा अपराधिक मनाेवृत्ति प्रष्ट भएकाे गम्भीर आराेप पनि लगाएकाे छ।
यसअघि नै एमालेले माधव नेपाल र भीम रावललाई पनि निलम्बन गरिसकेकाे छ।
प्रतिक्रिया