लेटेस्ट न्युज
advertisement1

माधव नेपाल र भीम रावललाई पार्टीबाट निष्काशन गर्ने ओलीको निर्णय

Maryada News 2021-03-29 18:31:18
माधव नेपाल र भीम रावललाई पार्टीबाट निष्काशन गर्ने ओलीको निर्णय

काठमाडौं : नेकपा एमालेका  नेताहरु माधव नेपाल र  भीम रावललाई पार्टी अध्यक्ष केपी ओलीले कारबाही गरेका छन् । अध्यक्ष् ओलीले नेता द्वयलाई ६ महिनाका लागि पार्टीबाट निष्काशन गरेका हुन् ।  पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दुबैजनालाई कारवाही गरिएको जानकारी सहितकाे पत्र पठाएका छन् । कारवाही पछि नेता रावलको कुनै प्रतिक्रिया अहिलेसम्म आएको छैन। नेपाल र रावलले मात्रै बुझाएको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएको, उल्टै अध्यक्ष ओलीलाई आरोप लगाउँदै प्रश्न गरिएको भन्दै ओलीले संसदीय दलको बैठकमा नै कारवाहीको संकेत गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्