काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्र नयाँ सरकार गठन हुने बताएका छन् । काठमाडौंमा आज नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद्मा अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र जनताको समृद्धि सपना हासिल गर्न नयाँ सरकार गठन निर्विकल्प रहेको बताएका छन् ।
नयाँ सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल भैरहेको र केही दिनमै परिणाम देखिने उनले बताए।संसद विघटनजस्तो असंवैधानिक कदम सच्याएको सर्वोच्च अदालत नेकपासम्बन्धी फैसलामा चुकेको भन्दै उनले अदालतप्रति असन्तुष्टि व्यक्त गरे । सरकार विधि, विधान र कानूनअनुसार नचलेको भन्दै अध्यक्ष दाहालले सरकारका यसखाले कदम सच्याउन कर्मचारीहरुको पनि अहम् भूमिका रहने बताए ।
प्रतिक्रिया