काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज उपचारका लागि भारत जाँदै छन्। डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको हो।
पूर्वप्रधानमन्त्री भट्टराई नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली जान लागेका हुन् ।
लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित भट्टराईको दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार हुने उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।
लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका उनलाई चिकित्सकहरुले न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सिफारिश गरेका बताइएको छ।
साथै उनले सामाजिक सञ्जालमार्फत नेपालका बरिष्ठ चिकित्सकहरूको सल्लाह अनुसार स्वास्थ्य उपचारको लागि भारत जान लागेको पुष्टि गरेका छन्।
प्रतिक्रिया