लेटेस्ट न्युज
advertisement1

नेतृ झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो, उपस्थित नभएपछि पक्राउको तयारी

Maryada News 2021-02-11 13:15:20
नेतृ झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो, उपस्थित नभएपछि पक्राउको तयारी

काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाउँदा नआएपछि पक्राउ गर्ने तयारी गरिएको छ । अनेमसंघ सहित विभिन्न संस्थाले झाँक्रीलाई पक्राउ गर्नुपर्ने माग सहित गृहमन्त्री रामबहादुर थापा र प्रहरी अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । 

सोही ज्ञापन पत्रको आधारमा नेतृ झाँक्रीलाई सोधपुछको लागि महानगरीय अपराध महाशाखाले बोलाएको थियो । तर झाँक्री उपस्थित नभएपछि पक्राउका लागि प्रहरीले तयारी गरेको हो । केही दिनअघि प्रचण्ड–माधव समूहले गोरखामा आयोजना गरेको विरोध कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध अभिव्यक्ति दिएकी थिइन् । 

झाँक्रीले दिएको विवादास्पद अभिव्यक्ति यस्तो छ :

‘म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्